नेभिगेशन
सुदूरपश्चिम

स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो

बझाङ: कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा(२) मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन ढिलो भइसकेको बताएका छन्। 

धनगढीस्थित पार्टी सभापति समेत रहेका देउवासँग भएको भेटमा जोशीले कार्यकर्ताको भावनाअनुसार आफ्नो उम्मेदवारी भएको बताउदै फिर्ता लिन नसकिने बताएका हुन्। सोमबार दिउँसो प्रधानमन्त्री देउवाले जोशीलाई धनगढीस्थित निवासमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेकोमा उनले फिर्ता गर्न नसकिने जवाफ फर्काएका थिए। 

‘प्रधानमन्त्री ज्यूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धन र पार्टीलाई सहयोग गर भन्नुभएको थियो,’ जोशीले भने, ‘मैले सबै नेता, कार्यकर्तासँगको सरसल्लाहमा उहाँहरुकै भावनाअनुसार उम्मेदवारी दिएको हुँ। अब फिर्ता सक्दैन भनेको छु।’ भेटमा देउवाले जोशीलाई पार्टी छाड्ने निर्णयबाट पछाडी हट्दै पार्टीमा पुगाएको योगदानलाई बचाउन पनि आग्रह गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै