नेभिगेशन
सुदूरपश्चिम

एमाले अध्यक्ष ओली फेरि सुदूरपश्चिम आउने, डोटी र कैलालीमा चुनावी सभा

बझाङ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते सुदूरपश्चिम आउन लागेका हुन्। 

ओली २६ गते सुदूरपश्चिम आउने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

अस्तिमात्रै अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फर्किएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै