नेभिगेशन
सुदूरपश्चिम

भीम रावललाई प्रचारमा जान कसले रोक्दैछ ? यसो भन्छन् रावल

बझाङ: देश चुनावमय बनेको छ। मंसिर–४ मा हुने आम निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन्। प्रदेश र प्रतिनिधि सभा सदस्यकाे चुनावका लागि राजनीतिक दलहरु तीव्र रुपमा प्रचार प्रसार गरिरहेका छन्। देशका केही ठूला दलहरु गठबन्धन गरेर चुनावी मैदानमा छन्। भने, केहीले केही क्षेत्रमा तालमेल गरेका छन्। 
 
यसपटक अधिकांश उम्मेदवार स्वतन्त्र पनि देखिएका छन्। विशेष गरी नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य दलहरु गठबन्धन  गरेर चुनावमा होमिएका छन्, भने नेकपा एमालेले पनि कतै विपी काँग्रेस र कतै राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतसँग तालमेल गरेर चुनावमा होमिएको छ।


मंसिर–४ गते हुने निर्वाचनका लागि ठुला दलका शीर्ष नेताले विभिन्न सभा सम्बोधन गर्ने क्रम सुरु भएको छ। विशेष गरी गठबन्धनको मुख्य प्रतिस्पर्धी नेकपा एमालेले आफ्नो चुनावी सभा सुदूरपश्चिमको दार्चुलाबाट सुरु गरेको छ। शुक्रबार सुदूरपश्चिमका तीन जिल्लामा एमालेले चुनावी सभा सम्पन्न गरेको छ दार्चुलाबाट सुरु भएको सभा बैतडी र कञ्चनपुरमासमेत सम्पन्न भएको छ। उक्त सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन दलका नेताहरुमाथि खनिएका थिए।

यस्तै कञ्चनपुरको चुनावी सभामा पार्टीका शीर्ष नेता डा. भीम रावलको खोजी भएपछि भने ओली आक्रोशित मात्रै भएनन्, कि रावलमाथि नै खनिन पुगे। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै