नेभिगेशन
सुदूरपश्चिम

डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु

बझाङ: कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाल हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्। उनले जनतासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ती दिएकी हुन्।  

‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ।’ उनले भनीन्, ‘आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्।

नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस्।’ यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै