नेभिगेशन
सुदूरपश्चिम

बझाङमा पनि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु, कार्यक्रम प्रभावकारी बनाउन सबै पालिकामा मतदाता शिक्षा समन्वय समिति गठन

बझाङ: बझाङमा पनि आज बाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार आज बाट जिल्लाका १२ वटै पालिकाका ९४ वडामा एकै साथ मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको हो । गएको स्थानिय तहको निर्वाचनमा मतदाता शिक्षा लागु नहुँदा मत बदर हुने संख्इा बृद्धि भएको निर्वाचन आयोगले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बझाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले बताउनु भयो ।

मतदाता शिक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयं सेविका द्वारा १५ दिनसम्म सञ्चालन गरिने भएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउन मतदाता शिक्षा निर्देशिका २०७९ अनुसार प्रत्येक पालिकामा प्रमुख प्रसासकिय अधिकृतको संयोकत्वमा पालिका स्तरिय मतदाता शिक्षा समन्वय समिति र वडास्तरमा वडा सचिवको संयोजकत्वमा वडास्तररिय मतदाता शिक्षा संचालन समिति गठन गरिएको जिल्ला मतदाता शिक्षा समन्वयकर्ता  मान बहादुर धामीले बताउनु भयो ।

स्वयमसेविकाले प्रत्येक नागरिकको घरदैलोमा पुगि ब्रोसर, पर्चापम्पलेट, नमुना मतपत्र मार्फत मतदातालाई कसरी मतदान गर्ने, मत बदर कसरी हुन्छ । मत बदर हुन नदिन के गर्ने भन्ने विषयमा मतदाता शिक्षा दिन लागिएको हो । प्रत्येक पालिकामा पालिकाले खटाईएको एक जना मतदाता शिक्षा अनुगमनकर्ता तथा निर्वाचन सम्पर्क व्यक्ति पनि तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै