नेभिगेशन
सुदूरपश्चिम

नेकपा एस बझाङका जिल्ला कमिटी सचिवालय सदस्य बोहरा नेकपा एमालेमै फर्किए

बझाङ: नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला कमिटी सचिवालय सदस्य अकवर बोहरा नेकपा एमालेमा फर्किनु भएको छ । आज बुंगल नगरपालिकामा नेकपा एमाले प्रदेश सभा (((ख) मा उम्मेदवार लालबहादुर रावलको चुनावी प्रसार प्रचारको क्रममा एमालेका नेताहरु संगको भेटभाटपछि उहाँले एकीकृत समाजवादीलाई परित्याग गरी नेकपा एमालेमै फर्किएको बताउनु भएको छ । नेकपा एमाले विभाजनको समयमा नेकपा एकीकृत समाजवादीमा रहेर जिल्ला कमिटी सचिवालय सदस्यमा रही काम गर्दै आएका बोहरालाई प्रदेश सभा (ख) का उम्मेदवार रावलले स्वागत गर्नू भएको छ । 

बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुंगल नगरपालिका वडा नं. ८ को वडा अध्यक्षका उम्मेदवार रहेका थिए । बोहराले पछिल्लो समय एकीकृत समाजवादीका गतिविधीहरु राम्रो नभएको र देशमा अनन्तकाल सम्म नेकपा एमाले र नेपाली काँग्रेस मात्र राजनैतिक शक्तिको रुपमा रहने भएकाले अरु पार्टीमा अलमलिएर बस्नु उचित नहुने भन्दै आफु पुनः एमालेमा नै फर्किएको बताउनु भयो । बोहराले आजै देखी नेकपा एमाले र एमालेका उम्मेदवारहरुलाई जिताउनका लागी आफु प्रचारप्रसार अभियानमा समेत सक्रिय हुने बताउनु भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै