नेभिगेशन
सुदूरपश्चिम

उद्योग वाणिज्य संघ बझाङ २०७९ कप प्रतियोगिता अन्तर्गत सोमबार पुरुष तर्फ ५ र महिला तर्फ ३ खेल सम्पन्न

सुर्मादेवी मेलाको अवसर पारी बझाङ उधोग बाणिज्य संघले आयोजना गरेको उधोग वाणिज्य संघ कप २०७९ अन्तर्ग आज पुरुष तर्फ ५ र महिला तर्फ ३ खेल सम्पन्न भएका छन् ।

सोमबार भएको पहिलो खेलमा खप्तछान्ना गाउँपालिकालाई हराउँदै बुंगल बिजय बनेको छ भने दोस्रो खेलमा जयपृथ्वी नगरपालिकालाई वि लाई हराउँदै छविस ए बिजयी बनेको छ । यस्तै खप्तडछान्ना गाउँपालिका वि र सुर्मा गाउँपालिकाबीच भएको तेस्रो खेलमा सुर्मा बिजयी बनेको छ ।

सुर्मा गाउँपालिका ए र मष्टा गाउँपालिका वि बीच भएको चौथो खेलमा सुर्मा ए बिजयी भएको छ । वित्थडचिर गाउँपालिका र तल्कोट गाउँपालिकाबीच भएको पाचौं खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ । 

महिला तर्फ तलकोट गाउँपालिका र मष्टा गाउँपालिकाबीच भएको पहिलो खेलमा मष्टा गाउँपालिकाको टिम बिजयी बनेको छ । जयपृथ्वी नगरपालिका ए र वित्थड गाउँपालिकाबीच भएको खेलमा वित्थडचिर गाउँपालिका बिजयी बनेको छ भने छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाबीच भएको खेलमा छविसपाथिभेरा बिजयी बनेको छ ।

मंगलबार पहिलो खेल छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकाबीच हुनेछ भने केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाबीच हुनेछ । प्रतियोगीतामा जिल्ला भरका १६ पुरुष र ९ महिला टिम सहभागी रहेका छन् ।

प्रतियोगीतामा पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ भने महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १ सय ११ रुपैंयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।