नेभिगेशन
सुदूरपश्चिम

विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर

नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । एमालेका जिल्ला अध्यक्ष दमन भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ । शुक्रबार पार्टी कार्यालय पानकोटमा पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटिले गरेको निर्णय र उम्मेदवारको परिचय तथा एजेन्डाका विषयमा जानकारी गराइएको छ । 

जिल्ला कमिटिका सदस्यहरु सदस्य रहने गरि प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज भैरबबहादुर सिंहको संयोजकत्वमा, प्रदेश सभा (क) तर्फ एमालेका जिल्ला अध्यक्ष दमन भण्डारीको संयोजकत्वमा र प्रदेश सभा (ख) तर्फ पार्टी सचिव आनन्दलाल विकको संयोजत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभाका उम्मेद्वार ऐन महरले जिल्लामा प्रशस्त सम्भावना भएको भए पनि बेरोजगारी, जलविद्युत र चैनपुर ताक्लाकोट सडक आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । यस्तै प्रदेश सभा (क) का उम्मेदवार अफिलाल ओखेडाले बझाङको ग्रामिण क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । 

यसअघि संविधान निमार्णमा बझाङी जनताले आफूलाई जिम्मेवारी दिइ सफल गराएको अब एक पटक विकास निर्माण र सामाजिक रुपान्तरणका लागि मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभा (ख) का उम्मेद्वार लालबहादुर रावलले संविधान निमार्ण मात्र नभई आफुले पक्की पुल, झोलुङगे पुल, नहर लगायतका योजना पनि निर्माण गरेको बताउनुभयो । आर्थिक अभावले पूरा हुन नसके पनि जिल्लामा पहिलो पटक हावाबाट विजुली निकाल्ने प्रयास सफल भएकोसमेत बताउनुभयो । 

करोडौको योजना रहेको र १० प्रतिशत स्थानीय उपभोक्ताले जम्मा गर्नुपर्ने प्रावधानका कारण १५ लाख जम्मा हुन नसक्दा योजना सम्पन्न गर्न नसकेको बताउनुभयो । बझाङको विकास निमार्णका लागि आफू सदैव तयार रहेको भन्दै रावलले आफुलाई बिजयी गराउन मतदातामाझ आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै