नेभिगेशन
सुदूरपश्चिम

माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही

बझाङ: नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ।

कैलाली संघीय निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (१) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले जनाएका छन्।  सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन भने बस्नेत साधारण सदस्य हुन्।

कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (१)मा सत्ता गठन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै