नेभिगेशन
सुदूरपश्चिम

कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता

बझाङ: कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६  जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। प्रदेश सभा ‘क’ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता राम चरण चौधरी  र  नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटे लाल चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्।


यस्तै प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका मनराज शाही, पूर्ण राज जोशी, एकीकृत समाजवादी परित्याग गरेका नेता मेघबहादुर साउँद र नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर अध्यक्ष खगेन्द्र हमालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधवार निर्वाचन कार्यालयमा पुगेर उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...