नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित

बझाङ: सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो । असार १ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संसोधन नगर्दासम्म त्यसमाथि छलफल हुन नसक्ने सांसदहरुको अडानका कारण निरन्तर संसद् स्थगित गरिएको हो। प्रदेश सांसदहरुले बजेटमा त्रुटी भएकोले संसोधन नगरि पारित गर्न नदिने बताउँदै आएका छन्। तर, सरकारले भने बजेट पारित गर्न दबाब दिइरहेको छ। मन्त्री र सांसदबीचको असहमतिका कारण प्रदेशसभा बैठक ३ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै