नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित

बझाङ: सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। (आज) सोमबार ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ। यसअघि ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो । असार १ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संसोधन नगर्दासम्म त्यसमाथि छलफल हुन नसक्ने सांसदहरुको अडानका कारण निरन्तर संसद् स्थगित गरिएको हो। प्रदेश सांसदहरुले बजेटमा त्रुटी भएकोले संसोधन नगरि पारित गर्न नदिने बताउँदै आएका छन्। तर, सरकारले भने बजेट पारित गर्न दबाब दिइरहेको छ। मन्त्री र सांसदबीचको असहमतिका कारण प्रदेशसभा बैठक ३ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै