नेभिगेशन
सुदूरपश्चिम

मंगलबार एमाले महासचिव पोखरेल बझाङ आउने

बझाङ :  नेकपा एमालेका महासचिव शंकर पाेखरेल अगामी मंगलबार बझाङ आउने भएका छन् । बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव  पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ ।

आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने भएका छन् । २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । महासचिव पोखरेल त्यसपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको केन्द्रीय सदस्य महरले जानकारी दिए ।

महासचिव निर्वाचित भएपछि पहिलो पटक पोख्रेल बझाङ जान लागेका हुन् । यस अघि चैत्र २८ गते एमाले अध्यक्ष केपी ओली पनि बझाङ पुगेका थिए ।

एमालेका शीर्ष नेताहरूलाई जिल्लामा ल्याएर बझाङका समस्या र सम्भावना पनि उजागर गर्न खोजेको महरले बताए । उनकै पहलमा महासचिव पोख्रेल बझाङ जान लागेका हुन् ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो । उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो । बझाङमा मौसम खराब भएका कारण उक्त लिन अधिवेशन हुन सकेको थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै