नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ ।

आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी छ ।

आर्थिक मामिला राज्यमन्त्री अमर साउदले पनि चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी बजेट ल्याउने तयारी भएको बताए तर उनले बजेटको आकार भने खुलाएनन् । बजेटमा सरकारले भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिने उनले बताए ।

सरकारले पूराना र बहुवर्षीय योजनाहरुमा समेत पर्याप्त बजेट विनियोजन गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९का लागि ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै