नेभिगेशन
सुदूरपश्चिम

समन्वय समिति बझाङमा गठबन्धनको एकल उम्मेदवारी

बझाङ : जिल्ला समन्वय समिति बझाङको निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ । जिल्ला समन्वय समितीको उक्त निर्वाचनपछि ९ जना उम्मेदवारहरू निर्वाचित भएर समन्वय समितीको नेतृत्व सम्हाल्ने छन् ।

२९ जेठ आइतबारका दिन हुने निर्वाचनका लागी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको प्रमुख, उपप्रमुख र सदस्य गरी ९ पदमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितीको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहराको एकल उम्मेदवारी दर्ता भएको छ, भने उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर विष्टको एकल उम्मेदवारी परेको छ । २३ जेठमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता भरेका हुन् ।

जिल्ला समन्वय समितीको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मिता देवि चदारा, बाटुली देवि ओड र एकीकृत समाजवादीबाट लक्ष्मी देवि कामीको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा नेपाली कांग्रेसका गौरीशङ्कर जोसी, टोप बहादुर खड्का र माओवादी केन्द्रबाट गोरख बहादुर सिंहको उम्मेदवारी परेको छ । यस्तै दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको हो । सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिल्ला समन्वय समितिमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमती भएपछि पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् । 

जम्मा १२ पालिका मध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपनि मनोनयन नै दर्ता नभएको हो । 

१२ पालिका रहेको बझाङमा जिल्ला समन्वय समितीको निर्वाचनका लागी २४ जना मतदाता रहेका छन् । जसमा कांग्रेससँग ११, एकीकृत समाजवादीको ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग ५÷५ मत भार रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै