नेभिगेशन
सुदूरपश्चिम

चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन भन्दै बझाङमा युवासंघ र अनेरास्ववीयूको विरोध प्रदर्शन

बझाङ : मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बझाङमा प्रदर्शन गरेका छन् ।

चुनाव खर्च उठाउन पाइँदैन, मूल्य बढाउन पाइदैन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो, जनतामारा सरकार मुर्द्धावाद, नाफाघाटा जान्दैनौं मुल्य वृद्धि मान्दैनौं लगायत नारा लेखिएका प्लेकार्डसहित युवा संघ नेपाल र अनेरास्ववीयू विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अस्वभाविक रुपमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको देशैभर विरोध भइरहेको छ । बझाङमा गरिएको मूल्यवृद्धिको विरोध कार्यक्रममा अनेरास्ववीयूका केन्द्रिय सचिवालय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज प्रविन्द्र धामी, युवा संघ नेपाल बझाङका संयोजक संसार खड्का र अनेरास्ववीयु जिल्ला संयोजक दिलबहादुर खाती, युवा नेताहरु  उत्तम सिंह, कृष्ण धामी लगायतले नेतृत्व गर्नुभएको थियो ।

birodha 41653402591.jpg

birodh 11653402437.jpg

birodh 21653402440.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै