नेभिगेशन
सुदूरपश्चिम

बझाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापन पक्ष को हो ? एक पक्षले अर्को पक्षलाई किन कारबाही सुरु गरे ?

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा किचलो उत्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङमा दुई धार बनेर एक अर्कालाई कारबाही सुरु गरेका छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका अध्यक्ष धिरज विक्रम सिंह, कर्णबहादुर खड्का लगायतको पक्षले ९ जना पार्टी प्रतिनिधिलाई कारबाही गरेको बताइरहँदा आज फेरि संस्थापन पक्ष भनिने सहअध्यक्ष विश्वप्रकाश जेठारा, पार्टी सल्लाहकार लालबहादुर खड्का, पार्टी सचिव जनकबहादुर ओली, कोषाध्यक्ष्य सुरत बहादुर च्वाँन, पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकाया लगायतबीच बैठक बसी उल्टै पार्टी अध्यक्ष भनिने धिरजबहादुर सिंह र राप्रपाबाट जयपृथ्वी नगरपालिकाका मेयरका उम्मेदवारसमेत बनेका कर्णबहादुर खड्कालाई कारबाहि गरि मुद्धासमेत दर्ता गरेका छन् ।

पार्टी अध्यक्ष भनिने धिरजबहादुर सिंह र राप्रपाबाट जयपृथ्वी नगरपालिकाका मेयरका उम्मेदवारसमेत बनेका कर्णबहादुर खड्कालाई संस्थापन समुह कमल थापा पक्षका रहेको पार्टी सल्लाहकार लालबहादुर खड्काले आरोप लगाएका छन् । सल्लाहकार खड्काका अनुसार धिरजबहादुर सिंह र कर्ण खड्का लगायत कमल थापा पक्षका भएका राप्रपा नेपालमा जानुपर्ने भएकाले राप्रपा बझाङले बहिस्कार गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै