नेभिगेशन
सुदूरपश्चिम

राप्रपा बझाङले चुनावमा असहयोग गरेको भन्दै ९ जनालाई कारबाही गर्‍यो

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तिमा ५ बर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरि कारबाही गरेको छ ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धिरजबिक्रम सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरि ५ वर्षका लागि निलम्बन गरेको हो ।

राप्रपा केन्द्रिय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका पूर्व पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष्य सुरत बहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकायालाई कम्तिमा ५ वर्ष साधारण सदस्य नरहने गरि निलम्बन गरिएको अध्यक्ष सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै