नेभिगेशन
सुदूरपश्चिम

सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो

एकीकृत समाजवादीले बिउ जोगायो

बझाङ : सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका खडक बोहराले नेकपा एमालेका दिपक बोहरालाई ४ सय ९७ मतले पछि पार्दै बिजयी बने भने उपाध्यक्ष पनि कांग्रेसकै रमला कुमारी मन्डेल पुजाराले नेकपा एमालेकी माता बोहरालाई १०६ मतान्तरमा हराउँदै बिजयी बनिन् ।

यससँगै बझाङमा नेपाली कांग्रेसले बझाङमा ६ वटा पालिकामा आफ्नो जित सूनिश्चित गरेको छ भने पहिलेको ठूलो दल नेकपा एमालेले ३ स्थानीय तहमा सिमित बनेको छ । उता माओवादी केन्द्र दुई पालिका र नेकपा एकीकृत समाजवादी १ पालिकामा खुम्चिएको छ ।


नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः

१ बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल

२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी

३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा

४) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया

५) बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

६) बझाङको सुर्मा गाउँपालिका - खडकबहादुर बोहरा

नेकपा एमाले विजयी भएका पालिकाहरूः

१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

नेकपा माओवादी केन्द्र बिजयी भएका पालिकाहरु :

१) दुर्गाथली गाउँपालिका - दिलबहादुर थापा
२) छबिसपाथिभेरा गाउँपालिका - बसन्त चलाउने

नेकपा एकीकृत समाजवादीले बिजयी भएका पालिका:

१) केदारस्युँ गाउँपालिका - गणेश बोहरा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै