नेभिगेशन
सुदूरपश्चिम

बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो (सूचीसहित)

दोस्रो स्थानमा नेकपा एमाले

बझाङ : बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बझाङमा रहेका १२ वटा पालिकामध्ये १० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

२ पालिकाको भने मतगणना जारी छ। १० पालिकाको नतिजाअनुसार नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। दजेपी डेलीलाई प्राप्त विवरणअनुसार कांग्रेसले ५ वटा स्थानीय तहमा मेयर/अध्यक्ष जितेको छ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा प्रमुख जितेको छ। जिल्लामा अहिलेसम्म एकीकृत समाजवादीले भने खाता खोल्न सकेको छैन। 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
१ बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल
२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
४) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
५) बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

नेकपा एमाले विजयी भएका पालिकाहरूः

१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

नेकपा माओवादी केन्द्र बिजयी भएका पालिकाहरु :

१) दुर्गाथली गाउँपालिका - दिलबहादुर थापा
२) छबिसपाथिभेरा गाउँपालिका - बसन्त चलाउने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै