नेभिगेशन
सुदूरपश्चिम

बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५ वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे

बझाङ : अहिलेसम्म बझाङका ८ स्थानीय तहमा मत गणना भइरहेको छ । मत गणना भइरहेका पालिकामा गठबन्धन अगाडी छ भने नेकपा एमाले पछ्याइरहेको छ । बझाङमा मत गणना भइरहेका पालिकाका २० वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक भएकामध्ये गठबन्धनले ११ वटा वडा जितेको छ भने प्रतिस्पर्धामा उत्रिएको एक्लो एमालेले ५ वडामा बिजयी हाँसिल गरेको छ । यस्तै वित्थडचिरमा एक्लै लडेको कांग्रैसले २ वडामा जित हासिल गरेको छ भने बुंगलका २ वटा वडाहरु स्वतन्त्रले जितेका छन् ।

गठबन्धनले दुर्गाथली गाउँपालिकाको ६ नम्बर वडा, ५ नम्बर वडा, थलारा गाउँपालिकाको वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४ मा, वडा नम्बर ९ मा, खप्तडछान्ना गाउँपालिकामा वडा नम्बर १, वडा नम्बर ७ मा, बुंगलको वडा नम्बर ४ र ७ मा र मष्टाको वडा नम्बर १ र २ मा जित हात पारेको छ । यस्तै एक्लै लडेको नेकपा एमालेले थलारा गाउँपालिकाको वडा नम्बर २ र ८ मा, तल्कोट गाउँपालिकाको वडा नम्बर १ मा, साइपाल गाउँपालिकाको वडा नम्बर १ मा र वित्थडचिर गाउँपालिका वडा नम्बर २ मा जित हासिल गरेका छन् । यस्तै वित्थडचिरमा एक्लै लडेको नेपाली कांग्रेसले वडा नम्बर १ र वडा नम्बर ३ मा बिजयी हासिल गरेको छ भने स्वतन्त्रले बुंगल नगरपालिकाको वडा नम्बर ५ र ६ मा जित हात पारेका छन् ।  

वित्थडचिर गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका गणेश बहादुर बोहरा बिजयी भएका छन् । उनले नेकपा एमाले योगेन्द्र बहादुर बोहरा र नेकपा माओवादी केन्द्रका नरबहादुर बोहरालाई पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् । वडा नम्बर ३ मा बिजयी भएका नेपाली कांग्रेसका गणेश बोहराले २०२ मत प्राप्त गरेका छनु भने उनका प्रतिस्पर्धि नेकपा एमाले योगेन्द्र बहादुर बोहराले १९९ मत र नेकपा माओवादी केन्दका नरबहादुर बोहराले १८४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै