नेभिगेशन
सुदूरपश्चिम

निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै

बझाङ : बैशाख ३१ बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुन मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सुनिपिपल मावि केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निणर्य गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवाद भएपछी सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । उक्त मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपेटीका फुटाएपछी मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

त्यस्तै केदारस्युँ गाउँपालिका-४ स्थित जगन्नाथ मावि शैन्सु केन्द्रमा विवाद भएका कारण स्थगित भएको निर्वाचन जेठ २ गतेबाट पुन हुने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाकारी दिएको छ । विवादका कारण स्थगित गरिएको सुर्मा गाउँपालिका-२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्राविको पनि जेठ २ गते पुनः मतदान गर्ने मिति तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै