नेभिगेशन
सुदूरपश्चिम

बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे

बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं ।

बझाङको थलारा ९ मा गठबन्धनको प्यानल बिजयी 
बझाङको थलारा-९ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन (एकीकृत समाजवादी)का लोकेन्द्र बहादुर विष्ट ४८७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । विष्टका प्रतिद्वन्दी एमालेका हिरा भण्डारीले ४२८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको मष्टा-१ मा गठबन्धन प्यानल बिजयी
बझाङको मष्टा-१ मा गठबन्धन (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन ( नेकपा माओवादी केन्द)का रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी
बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी भएका छन् । पुतली चुनाब चिन्हबाट चुनावी मैदानमा होमिएका निराजन कुवर (दिपक )६०३ मतले बजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका प्रयागराज धामीले २७० मत ल्याएका छन् भने गठबन्धनबाट नन्द बहादुर धामी ३३ मतमै सिमि बनेका छन् ।


बझाङको खप्तडछान्ना-१ मा समाजवादीका वडाध्यक्ष विजयी
बझाङको खप्तडछान्ना गाउँपालिका-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ ।  एकीकृत समाजवादीका देवि भक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । 
जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गर्‍यो
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन् । मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन् ।
माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन् ।
कूल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो ।


बझाङको थलारामा नेकपा माओवादी केन्द्रको प्यानल बिजयी 
थलारा गाउँपालिका वडा नम्बर १ मा रविन्द्र जोशीसहित माओवादी प्यानल बिजयी भएको छ । गठबन्धनका उम्मेदवार जोशीले प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराएका छन् । गठबन्धन (नेकपा माओवादी)का नगेन्द्र जोशीले ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २८० मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले
साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका नरेन्द्र धामीले प्रतिद्धन्दी साउने धामीलाई पराजित गर्दै प्यानलसहित बिजय हात पारेका हुन् । बिजयी भएका धामीले १५५ मत ल्याएका छन्  भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए ।
यस्तै गाउँपालिका अध्यक्ष तर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् । उपाध्यक्ष तर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धन बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै