नेभिगेशन
सुदूरपश्चिम

दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते

बझाङ : दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्। जिल्लाको दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका झडप भएको हो।

झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवर लगायतको समूहले आक्रमण गरेको थियो।
उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। झडपको कारण भने नखुलेको र घटनामा संलग्न फरार रहेका कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनीहरुको खोजी भइरहेको उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै