नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा बन्यो ४ दलको बेग्लै गठबन्धन

आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा ४ दलले बेग्लै गठबन्धन गरेको छ।

बझाङ : आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा कैलालीमा विभिन्न ४ दलले बेग्लै गठबन्धन गरेको छ। जनता समाजवादी पार्टी(जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। योसँगै जसपाले कैलालीमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने निश्चित भएको छ। शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती दलले गठबन्धन गरेको जानकारी गराएका छन्। साथै उनीहरुले गठबन्धन गर्ने सहमति पत्रमासमेत हस्ताक्षर गरेका छन्। उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै