नेभिगेशन
सुदूरपश्चिम

वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल

बझाङ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन्। सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए। 

‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन्।’ उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे।

उनले यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको भन्दै एमालेको विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने दावी समेत गरे। उनले काँग्रेस-माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ भनेर प्रश्न समेत गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै