नेभिगेशन
सुदूरपश्चिम

‘पाँच मुखे खन्चुवा’ले कमिसन र घुसखोरी गर्दागर्दै नेपाललाई श्रीलंका बनाउन खोज्दैछन् : एमाले अध्यक्ष ओली 

बझाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलको गठबन्धनलाई ‘पाँच मुखे खन्चुवा’ को संज्ञा दिएका छन् । नेकपा एमाले बझाङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुगेका अध्यक्ष ओलीले देशभर नेकपा एमालेको पक्षमा जनलहर उर्लिएकोले नेपाली जनता एमालेलाई जिताउन चुनावको प्रतीक्षामा गरिरहेको दाबी समेत गरे ।

परमादेशबाट एमालेको सरकार ढले पनि जनताको मनबाट एमाले नढलेकोले बताउँदै अध्यक्ष ओलीले ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको बताए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘ यो पाँच मुखे खन्चुवा गठबन्धन हो । यो सरकार शाला, शाली, ज्वाईँ, भाईलाई अवसर दिन आएको हो । जनताकाको लागि सिन्को भाँच्दैन । ’

आफू सरकारमा रहँदा बृद्ध भत्ता पाँच हजार पु¥याउने भनेको तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था ल्याएको बताए । आफ्नो सरकारले कोभिड लागेको बेला समेत कर्मचारीको तलब बढाएको तर बर्तमान सरकार तलव भत्ता खुवाउन नसक्ने अवस्थामा रहेको भन्दै बर्तमान सरकार देश बनाउन नभई लुट्न बसेको पाँचमुखे खन्चुवाहरूको गठबन्धन भएको बताए । साथै अध्यक्ष ओलीले पाँच दललाई बाख्रा र एमालाई भैसी भएको र पाँच बाख्रा मिल्दा पनि भैंसी जत्रो नहुने दाबी गरे । उनले भने, ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन । त्यसैले उहाँहरु एमालेसँग चुनाव लड्न सक्नुहुन्नँ । बरु तल तल आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार छन्।’

उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने पनि बताए। ’एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ त्यो भाँचिन्छ,’ उनले भने, ’एमाले अलिकति पछाडि सरेको छ। तर पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो होला ? तपाईंहरुलाई त थाहै होला ?’

गर्भनर प्रकरणका विषयमा बोल्दै अध्यक्ष ओलीले बर्तमान अर्थमन्त्रीले विरालोलाई रिस उठे खाबो चिर्थोने गरेको जस्तो व्यवहार देखाएको बताए ।

बर्तमान सरकारले चुनाव गर्न नचाहेकाले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको दाबी गरे । उनले भने बर्तमान सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार सोचेको छ । एमालेले चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छौँ ।

आफ्नो पार्टी चुनाव नबिथोलियोस भनेर चुप बसेको छ । नेकपा एमाले चुनावको पक्षमा भएकाले वैशाख ३० गतेको निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग गरिरहेको ओलकिो भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै