नेभिगेशन
सुदूरपश्चिम

स्थानीय निर्वाचन : सुदूरपश्चिममा सरकारी गाडीको दुरुपयोग बढ्दो

सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्।

बझाङ : स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका बेलामा गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन् । मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलागयतका जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्। नगर प्रमुख शंकर राई र दुई जना वडा अध्यक्षले गाडी बुझाएको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले दिनेशखबरलाई बताए । 'तापाईँले पढेको सामाचार सही हो,' उनले भने, `नगरप्रमुख र दुई जना वडा अध्यक्षले सरकारी सुविधाको गाडी नगरपालिकालाई बुझाएका छन्।' तर स्थानीय तह निर्वाचन नजिकिएसंगै सुदूरपश्चिममा भने सरकारी गाडीको दुरुपयोग बढ्न थालेको छ। प्रदेशका स्थानीय जनप्रतिनिधि चुनावी कार्यक्रममा पनि सरकारी गाडी नै प्रयोग गर्न थालेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै