नेभिगेशन
सुदूरपश्चिम

सांसद विकद्धारा चार बर्षमा आफुले गरेका महत्वपूर्ण कामहरुकाे समिक्षा

बझाङ: बझाङ जिल्ला बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा सांसद आशा कुमारी विकले आफुले चार बर्षमा गरेका कामहरु सार्वजनिक गरेकि छन् । शनिबार काठमाण्डौ स्थित ईन्द्रेणी सुइट होटेलमा कार्यक्रम आयोजना गरेकी सांसद विकले आफु प्रतिनिधी सभा सदस्य भैसकेपछी चार बर्षमा बझाङ जिल्लाका लागि गरेका कामहरुको समिक्षा समेत गरेकि छन् । विकले जिल्लाका बारेमा आफुले सांसदमा बोलेर गरेका पहलहरुको बारेमा पनि जानकारी गराएकी थिन् । सांसद विकले काम गर्दै जाँदा आफुले चुनौतीहरु समेत सामना गर्नु परेको बताइन् ।

उनले स्थानिय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु बिच समन्वय नहुनु, योजनाहरुको छनौट प्रक्रियामा प्राथमिकरण नहुनु, जसले गर्दा योजनाहरुमा डुब्लिकेशन हुने सम्भावना वढी, मन्त्रालय र विभागका वेभसाइडहरुमा अवडेट नहुनु, संघीय मन्त्रालयमा योजना मागका लागि आबश्यक कागज पत्रहरु पेश नगर्नु, एक आपसको अस्तित्व र सह अस्तित्व स्वीकार्न नसक्नु, प्रत्यक्ष र समानुपातिक माननीय बिच हेर्ने दृष्टिकोण फरक र जिल्लाको समग्र विकासका लागि ठुला राजनितिक दलका पार्टी नेतृत्व तह र निर्वाचित जनप्रतिनिधी बिच समन्वय नहुनु जस्ता कुराको आफुले सामना गर्नुपरेको बताईन् ।

उनले भनिन् ‘काम गर्दै जाँदा थुप्रै सिकाइ पनि भएको छ । जिल्लाको समग्र विकासका लागि स्थानिय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु बिच समन्वय वढाउन, योजनाहरुको छनौट प्रक्रियामा प्राथमिकीकरण गरी योजनाहरुमा डुब्लिकेशन हुन नदिने, मन्त्रालय र विभागका वेभसाइडहरुमा अभडेट हुनु पर्ने, संघीय मन्त्रालयमा योजना मागका लागि आबश्यक कागज पत्रहरु समयमा पेश गर्ने र संघीय सांसदलाई जानकारी गराउने, स्थानिय तह,प्रदेश र संघ तिनवटै सरकारका प्रतिनिधीहरुले समन्वयकारी रुपमा एक अर्कालाई सहयोग गरी आ आफ्नो जिम्मेवारी वहन गर्ने र केन्द,्र प्रदेश र जिल्ला स्थित राजनितिक दलका पार्टी नेतृत्व पंक्ती र जनप्रतिनिधी बिच समन्वय वढाउने समिक्षा गर्ने सुझाव लिने दिने गर्नुपर्ने लगाएतका सिकाइहरु समेत भएका छन् ।’


सांसद विकले प्रतिनिधी सभा सदस्यको चार बर्षे कार्यकाल पुरा भएको सन्दर्भमा जिल्लाका लागी आफुले गरेका कार्य प्रगतिको समिक्षा कार्यक्रममा नेकपा एमालेका केन्द्रिय कमिटी पार्टी सचिव, सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा नेपाल सरकारका पुर्व उधोग मन्त्री लेखराज भट्ट लगाएत नेता कार्यक्रताहरु सहभागि भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै