नेभिगेशन
सुदूरपश्चिम

आयोगले खटायो स्थानीय तहमा निर्वाचन अधिकृत, बझाङमा को–कहाँ ? 

बझाङ: वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । जिल्लाका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत तोकेको छ । आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश विष्णु प्रसाद अवस्थीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।

आयोगले तोके अनुसार बुङगल नगरपालिकामा सर्वाेच्च अदालतका ईजलास अधिकृत मनोज बराल, साईपाल गाँउपालिकामा शिक्षा विकास तथा समन्वय ईकाई डोटीका उप सचिव दिपकराज कलौनी, केदारस्युँ गाँउपालिकामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायाधिवक्ता केशव प्रसाद गौतम, खप्तडछान्ना गाँउपालिकामा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाडौका उपसचिव विशाल सापकोटा, छविसपाथीभेरा गाँउपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव ईश्वरी प्रसाद ज्ञावाली, तल्कोट गाँउपालिकामा संघिय मामीला तथा सामान्य मन्त्रालयका उप सभिव रामकृष्ण अधिकारी थलारामा संघिय मामीला तथा सामान्य मन्त्रालयका प्रमुख प्रसासकिय अधिकृत मंगल बहादुर शाही लाई खटाएको छ ।

यस्तै सर्वोच्च अदालतका उपरजिष्ट्रार यदुराम शर्मालाई दुर्गाथली गाँउपालिकामा, संघिय मामीला तथा सामान्य मन्त्रालयका उप सभिव नेत्र प्रसाद घिमिरेलाई मष्टा गाँउपालिकामा, परराष्ट्रमन्त्रालयका उपसचिव सागर प्रसाद फ्याललाई सुर्मा र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका उपसचिव हरि पंगेनीलाई वित्थडचिर गाँउपालिकामा निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै