नेभिगेशन
सुदूरपश्चिम

सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस बझाङको आग्रह

बझाङ : नेपाली काँग्रेस बझाङले आफ्ना नेता तथा कार्यकर्तालाई चुनाव लक्षित क्रियाकलाप पार्टीको सल्लाह विपरित नगर्न सचेत गराएको छ । शनिबार खप्तडछान्ना गाउँपालिकामा बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको दोस्रो बैठकले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराएको हो । 

दोस्रो बैठक मार्फत काँग्रेसले  यहि बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा स्वेच्छिक तरिकाले उम्मेद्वारी घोषणा नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । 

यस्तै पार्टीले आधिकारिक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरूमा उम्मेदवारी घोषणा नगर्न दोस्रो बैठक मार्फत सन्देश दिएको हो । दोस्रो बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न अनुरोध गरेका छन् । 

यदि कसैले पार्टीको निति,नियम, मर्म, भावना विपरित स्वेच्छिक ढंगबाट उम्मेदारी घोषणा गरेमा पार्टीले काबार्ही गर्ने नेपाली काँग्रेस बझाङ क्षेत्र नम्बर १ (क) क्षेत्रीय सभापती पुस्कल बोहराले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै