नेभिगेशन
राजनिति

नेकपा एमालेको जिल्ला अधिवेशन:१५ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ — नेकपा एमालेको जारी जिल्ला अधिवेशनको क्रममा १५ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझसम्ममा १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । तीमध्ये केही जिल्लामा सिंगो पदाधिकारी टिम नै चयन गरिएको छ । अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत रहेको झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल, पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे, दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानको अध्यक्षमा गोविन्द पुन, बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, बाँके अध्यक्षमा किस्मतकुमार कक्षपति, धादिङ अध्यक्षमा भूमि त्रिपाठी, अर्घाखाँची अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु, भक्तपुरको अध्यक्षमा बचन देउजा, गुल्मीको अध्यक्षमा बालसिंह काउछा, खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन भए । यस्तै मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । हालसम्म ६३ जिल्लाको अधिवेशन उद्घाटन भएको छ । जसमध्ये १५ जिल्लामा सर्वसम्मत चयन नेतृत्व चयन भयो भने बाँकी जिल्लामा बन्दसत्र चलिरहेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ती जिल्लामा सर्वसम्मत नेतृत्व छनोटका लागि प्रयास भइरहेको छ । अधिवेशन गर्न बाँकी १६ जिल्लाका लागि पनि अधिवेशनको मिति तोकिएको एमाले पार्टी कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए । यो समाचार हामीले कान्तिपुर दैनिक बाट लिएका हौ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै