नेभिगेशन
सुदूरपश्चिम

अछामका युवक ३ दिनदेखि बेपत्ता

युवक बेपत्ता

अछामका एक युवक ३ दिनदेखि सम्पर्कबिहिन छन्। कमलबजार नगरपालिका–८ बस्ने २४ वर्षीय उमेश चलाउने ३ दिनदेखि सम्पर्कबिहिन बनेका हुन्।

भारत जान्छु भनेर हिँडेका चालाउनेको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन्। साथीहरुसँगै भारत गएका उनलाई नागरिकता घरमै छुटेका कारण कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रहरी फर्काएको बताइएको छ।

त्यसपछि भन्सारको जंगल बाटो भएर गएका उनी सम्पर्कबिहिन बनेको दाजु बिनोदकुमार बिष्टले बताए।साथै उनले आफ्नो भाइलाइ देख्ने जोसुकैले पनि मोबाइल नम्बर ९८४४३५५०२७ सम्पर्क गर्न अनुरोध गरेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै