नेभिगेशन
सुदूरपश्चिम

बालबालिकाको क्षेत्रमा प्रगतिशिल युवा समाजले गरेको काम प्रभावकारी छः नगर प्रमुख खडका 

बझाङ : प्रगतिशिल युवा समाजले संस्थाले संचालन गर्दै आएको कार्यक्रमको बारेमा सरोकारवाला संग छलफल गरेको छ । जयपृथ्वी नगरपालिकाको सभाहलमा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला संग कार्यक्रमका उदेश्य र संचालन हुने ठाँउका बारेमा छलफल गरेको हो । समाजले वल्र्डभिजन ईन्टरनेश्नल नेपालको सहयोगमा समावेशी तथा गुणस्तरिय शिक्षा संरक्षण तथा समुदायमा आधारित बाल प्रायोजन कार्यक्रम संचालन गरिरहेको छ । 

अतिविपन्न तथा जोखिममा रहेका बालबालिकाका लागी ल्याईएको कार्यक्रम प्रभावकारी हुदै आएको छ । विगत दुई बर्ष देखि संस्थाले जिवीकोपार्जन, बालस्पोन्सरसिप र गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत केदारस्यु र जयपृथ्वी नगरपालिकाका विभिन्न वडामा कार्यक्रम संचालन गरिरहेको छ । संस्थाले बालबालिकाको सिकाईका लागी लकडाउनका समयमा जोखिममा रहेका बालबालिकाका लागी स्वअध्ययन सामाग्री र सिकाई मेलाको अयोजना गरेको थियो । 

विपदमा परेकाहरुलाई राहात पनि उपलब्ध गराउदै आएको संस्थाले नगरपालिकाका जनप्रतिनिधि संग कार्यक्रमका बारेमा छलफल गरेको हो । संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले संस्थाले बालबालिका र जिवीकोपार्जनको क्षेत्रमा नगरपालिकामा गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । जोशीले नयाँ कार्यक्रमका लागस्ी पनि नगरपालिका संग अनुमति माग गरेको पत्र बुझाएका छन । 

छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख विरेन्द्र खडकाले संस्थाले गरेको काम जनमुखी र निकै प्रभावकारी भएकाले सहकार्य गर्न तयार रहेको बताए । नयाँ कार्यक्रमको स्वीकृतीका लागी पत्र बुझ्दै खडकाले संस्थाहरुका हरेक कार्यक्रममा स्थानिय सरकार सहकार्य गर्न तयार रहेको बताए । प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले देश विकास र समाज परिवर्तनका लागी गैरसरकारी संस्थाको पनि महत्वपुर्ण भएकाले स्थानिय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै