नेभिगेशन
सुदूरपश्चिम

नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिका लागि दुवै उम्मेद्वार देउवा पक्षका

बझाङ : नेपाली कांग्रेस बझाङको आठौं जिल्ला अधिवेसनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । शनिवार साँझ सम्म सहमतिमै नेतृत्व चयनका लागी प्रयास भएपनि सहमति हुन नसकेको नेपाली काँग्रेस बझाङले जनाएको छ ।

लामो समयपछि हुन लागेको अधिवेसनमा सभापतिका लागि आकांक्षीहरु बढेपछि रस्साकस्सी चलेको छ । सहमतिमै नेतृत्व चयनका लागि दुई दिनसम्म छलफल गरेको र निष्कर्ष निस्कन नसकेपछि निर्वाचनमा जानु परेको प्रदेश ख का क्षेत्रिय सभापति धन बहादुर खडकाले बताए ।

सभापतिका लागि देउवा पक्षकै नेताहरुका विचमा सहमति हुन नसकेपछि सभापतिका लागि निर्वाचन हुने भएको हो । जिल्ला सभापतिका लागि रमेश भण्डारी र खडक बोहराले उम्मेदवारी दिएका छन् । बझाङका शीर्ष तीन नेता पूर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेशबहादुर सिंह, पूर्व परराष्टराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह तीनै जना देउवा निकटका हुन् । तर सभापतिमा आफु निकटका ल्याउनका लागी तिनै जना नेताको रस्साकस्सी चलेको छ ।

पूर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले संयुक्तरुपमा आफू निकट रमेश भण्डारीलाई सभापतिमा उम्मेदवार बनाएका छन् । 

दुई शिर्ष नेताले एकलौटी गर्न थालेपछि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंग बहादुर सिंहले पौडेल पक्षका नेताहरु सत्यराज भण्डारी र पुर्व सम्विधान सभा सदस्य चन्द्रा जोशी संग मिलेर खडक बोहरालाई सभापतिमा उम्मेदवार दिन लगाएका छन् ।

कांग्रेसभित्र देखिएका दुई धारमा बझाङमा पौडेल पक्ष कमजोर देखिएको छ । आफू कमजोर भएपछि पौडेल पक्षका नेताले महाधिवेसन प्रतिनिधि र जिल्लाका केहि मुख्य पदका लागी सअमति गरेर खडक बोहरालाई सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

मानिएका पुर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह पार्टी सभापति तथा प्रधानमन्त्री देउवाकी श्रीमती आरजु निकटका विश्वासी पात्र हुन भने पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंग बहादुर सिंह सुदुरपश्चिमका काँग्रेस नेताहरु मध्यकै देउवाका विश्वासिला पात्र हुन । देउवा समूहकै दुई जना सभापतिका उम्मेदवार भएपछि बझाङ काँग्रेसमा नेतृत्व चयन रोमाञ्चक हुँदै गएको छ ।

भोली हुने मतदानका लागी शिर्ष नेता उम्मेदवारहरु प्रचार प्रसारमा जुटिसकेका छन् । नेर्तत्व चयनका लागि पौडेल पक्षका मतदाता निर्णाय भएकाले आफुलाई सहयोग गर्न दुवै पक्षका नेताहरुले भेटघाटलाई कार्यक्रम तिव्रता दिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै