नेभिगेशन
सुदूरपश्चिम

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुर्‍याउन धौलीदेवी स्मृति बीसीए कप हुँदै

बझाङ : बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बीसीएले यही कार्तिक ७ गतेदेखि १५ गतेसम्म बीसीए कपको १५ औं संस्करण आयोजना गरिन लागिएको जानकारी दिएको हो ।

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गरिँदै आएको बीसीए कल्बका अध्यक्ष आनन्द कार्कीले बताए । विगतका दिनमा क्रिकेटको आयोजना गर्दै आएको भएपनि गत वर्ष भने कोरोना कहरले आयोजना गर्न नसकिएको उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई दुई लाख, द्धितीयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १२ हजार पाँच सय र बेस्ट बलर, बेस्ट व्याटम्यान र एमेजिङ प्लेयरलाई पाँच-पाँच हजार पुरस्कार छुट्याइएको छ ।

यस्तै, म्यानअफद टिमलाई पाँच सय, सेमिफाइन र फाइनल पुग्ने टीका प्रति खेलाडीलाई एक सय रुपैयाँसमेत राखिएको छ । कप आयोजनाका लागि १२ लाख २० हजार लगानी लाग्ने आयोजकले जनाएको छ ।

कपमा २० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जति बाहिरका खेलाडी हाल्न पाउने कल्बका अध्यक्ष कार्कीले बताए ।

बुङ्गलमा क्रिकेट विकासमा लागि दुईवटा टेर्निङ सेन्टर समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रदेशकै नमुना रंगशाला बनाउन अभियान समेत सञ्चालन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । रंगशालालाई थ्रीडी भिजियोल डिपिआरसहित अभियानलाई तीब्र गतिमा अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।