नेभिगेशन
सुदूरपश्चिम

बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न 

बझाङ : बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।. संघका अध्यक्ष प्रबिन्द्र धामीको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुस्पलाल रोकाया रहनु भएको थियो । 

कोषाअध्यक्ष सुरेन्द्र सिंहले संघको वार्षिक आय ब्यय प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष धामिले वार्षिक कार्य योजना र प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

संघले नयाँ क्लबहरुलाई संघमा आबद्दताका लागि असोज २० गते सम्मको समय थपेको र जिल्लाभित्र संचालन हुने प्रतियोगिताको समय तालिका समेत सार्वजनिक गरेको संघका सचीव ऐन दौल्यालले जानकारी दिनुभएको छ । साथै संघले सुदुरपश्चिम प्रदेश क्रिकेट संघको साधारणसभामा सहभागीका लागि ४ जना प्रतिनिधि समेत छनौट गरेको छ । 

जिल्लाको छबिस, दुर्गाथली, सुर्मा, बुङ्गलतिर क्रिकेटको आकर्षण बढ्दो अवस्थामा रहेको छ । प्रतिनिधिमा अध्यक्ष प्रबिन्द्र धामी, सचीव ऐन दौल्याल, सदस्य जोग बहादुर दौल्याल र पुष्कर दौल्याल छनोट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै