नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला ।

कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्। जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए। 

बेपत्ता भएको दुई घण्टापछि चौधरी मृत फेला परेका हुन्। मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। उनी केही दिनअघि बिदामा घर पुगेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै