नेभिगेशन
राजनिति

सत्ता साझेदार पाँच दलको बैठक सकियो: मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन

काठमाडौँ —  मन्त्रीमण्डल विस्तारका लागी बसेको पाँच दलको गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन अझै समय लाग्ने भएको छ । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन। शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुलाई आफ्नो दलबाट मन्त्रीहरुको नाम दिन आग्रह गरेका थिए। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रधानमान्त्री निवास बालुवाटारमा आइतबार बिहानलागि बैठक डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी  भएपनि  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै संसद्‌मा जारी अवरोध कसरी हटाउने भन्नेबारे छलफल केन्द्रित भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै