नेभिगेशन
सुदूरपश्चिम

बाढीले बर्षेनि हजारौ रोपनि जमिन बग्छः स्थानिय संग लालपुर्जा छ जग्गा छैन 

बझाङमा बर्षेनि बाढीले हजारौ रोपनि खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको छ । सेती र कालंगा नदिमा बर्षेनि आएको बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रहरुमा हजारौ रोपनी जमिन बगाउदा यहाँका बाढी पिडितहरु संग लालपुर्जा भएपनि जग्गा भने छैन । जिल्लामा कुनै संघ संस्था वा सरकारी कार्यालय संग जिल्लामा बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने एकिन तथ्याङ्क छैन । एकिन तथ्याङ नभए पनि बुङगल भएर बग्ने कालंगा नदिने दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले तलकोटको मेलविसौना देखि केदारस्युँको देउरा सम्मको लाखौ रोपनि खेती योग्य जमिन बगाएर बगरमा परिणत गरेको छ । बर्षायाम सुरु भएसंगै सेती र कालंगा नदिले कटान सुरु गरे पछि यस क्षेत्रका वासिन्दाहरु चिन्तीत भएका छन् । २०५७ साल र २०७० सालमा आएको बाढीले सबै भन्दा बढी क्षति गरेको छ । त्यस यता हरेक बर्ष सेती र कालंगा नदीमा आएको बाढीका कारण खेती योग्य जमिन बगाए पछि यहाँ का सयौँ घरपरिवार विस्थापित भएका छन । 

बर्षेनि आएका बाढी तथा पहिरोका खेतीयोग्य जमिन कटान गरि बगाउदै गएपछि लालपुर्जामा प्रसस्त जग्गा भएको भए पनि कतै बाढीले बगाएर त कतै पहिरोले पुरेर उनिहरु सुकुम्बासी सरहको जिवन विताई रहेका छन ।जयपृथ्वी नगरपालिका ३ डुङग्रीका करन ओली संग झण्डै ९ रोपनी जग्गाको लालपुर्जा छ तर जमिन छैन । लालपुर्जालाई आधार मानेर हेर्ने हो भने उनको परिवार पाल्नका लागी प्रयाप्त जग्गा छ । तर अहिले उनी संग खुर्सानी लगाउने ठांउ पनि छैन । डुङग्रीको जग्गा बगाएपछि उनी विस्थापित भएर सोहि वडाको पुगर गाँउमा गएर बसेका छन । बाढीले जग्गा बगाएपछि कतिले बसाईसराई गरे भने कतिले लेक तिर जग्गा किनेर बसेका छन । बेला बेला सेती नदीले आफ्नो धार बदल्ने र जग्गा बगाउन थालेपछि सयौ परिवार विस्थापित भएका छन । कृषि र पशुपालनलाई मुख्य पेशा बनाउदै आएका यस क्षेत्रका वासीन्दाहरु अहिले परिवार धान्न पनि धौ धौ भएको छ । बर्षेनि आएको बाढीले बगाएर मेरो जग्गा यहि नेर थियो भन्ने पनि एकिन गर्न नसकिने अवस्था आएको अर्का स्थानिय जनक ओलीले बताए । उनले भने “जग्गा भए बैक धितो राखेर भएपनि केहि व्यवसाय गर्न हुन्थ्यो । तर लालपुर्जा मात्र भएर के गर्नु । जग्गा छैन । बर्षेनि जग्गाको पोता (राजस्व कर) मात्र तिर्दै आएका छौ । जग्गा बगाएपछि कतिले यो ठाँउनै छोडेर कैलाली कञ्चनपुर तिर बसाई सरेका छन । हामी संग अलि अलि पाखो जमिन थियो । अहिले त्यहि जमिन कमाएर खाने गरेका छौ ।” हेर्दा हेदै रोपेको धानखेत लगे पछि अहिले बर्षातको समय आउना साथ विगत सम्झेर झस्किने गरेको उनको भनाई छ । 

खेती योग्य फाँटहरु बगाए पछि किसानका सपनाहरु पनि बाढी संगै बगेका छन । सदरमुकाम नजिकैका भोपुर, देवल जिउलो, रुईनाबगर, साईलाबगर र सुवेडाका जिउलो बझाङको धेरै धान उब्जनी हुने मध्येका फाँट हुन। सेती नदीले हरेक बर्ष जसो नदी किनाराका धेरै उब्जनी हुने फाँटहरु बगाए लैजाने गरेको छ । पहिले घर भन्दा पर ठुला ठुला खेतहरु थिए । अब त बाढीले खेतहरु कटान गरेर घरछेउमै पुगेकोे जयपृथ्वी नगरपालीका ११ भोपुर कि कमला जोशीले दुखेसो गरिन । उनले भनिन् “नदी पहिला पारी पुरी गाउँको छेउबाट बगेको थियो । मेरो सम्झनामा भोपुरको जिउलो पारि सम्म नै थियो । बर्षेनि नदीले आफ्नो धार बदल्न थाल्यो । भएका सबै खेत बगायो । अहिले त गाउँकै छेउमा सेती नदी पुगी सक्यो । पोहोर साल पनि बाढीले हेर्दा हेर्दै खेत लग्यो । कमाई खाने सबै खेत बगाई सक्यो सानो टालो मात्र बचेको छ ।” पोहर साल धान रोपेको एक महिना नपुग्दै सेती नदीमा आएको वाढीले हेर्दा हेर्दै रोपाई गरेका फाँटहरु बगायो । अहिले पानी पर्ना साथ बचेको टालो पनि बगाएर ल्ेजान्छकि भन्ने चिन्ताले पिरोल्न थालेको उनको भनाई छ ।  

जिल्लाको बुङगल क्षेत्रको पनि अवस्था उस्तै छ । बर्षेनि कालंगा नदीमा आएको बाढीका कारण नदि किनाराका वस्तिहरु बगाउदै गर्दा यहाँका वासीन्दाहरु संग लालपुर्जा भए पनि जमिन छैन । मेरो जमिन यहाँतिर थियो भन्ने पनि एकिन गर्न नसकिने अवस्था छ । बर्षेनि आएको बाढीले उठिवास लगाएको बुङगल नगरपालिका २ खानीबगरका देब्बो धामीले दुखेसो गरे । उनले भने “ म संग १२ रोपनी जमिन थियो । जेनतेन परिवार पालेको थिए । २०५७ साल जेठ २६ गते आएको बाढीले पुरै जमिन बगायो । बाढी आएपछि हामी खर्क तिर लाग्यौ । हेर्दा हेदै दुख गरेर कमाएको पैसाले किनेको जमिन बगायो । ति दिन सम्झेर रुन मन लाग्छ ।”बाढीको समयमा तत्कालै राहात सामाग्री वितरण वाहेक सरकारी पक्ष बाट आफुलाई कुनै सहयोग नभएको उनको गुनासो छ । सेती नदी र कालंगा नदीमा आएको बाढीले हरेक बर्ष थलारा, तलकोट, मष्टा, केदारस्युँ, छविसपाथीभेरा, दुर्गाथली गाँउपालिका र बुङगल नगरपालिकाका नदी किनाराको जग्गा बगाउदै आएको छ ।  
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै