नेभिगेशन
सुदूरपश्चिम

बझाङमा उधम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न

बझाङ जिल्लामा गठन भएको उधम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न भएको छ ।  शनिबार घरेलु तथा साना उधोग कार्यालयको हलमा बसेको जिल्ला भेलामा गरिबी निवारणका लागि लघुउधम विकास कार्यक्रम अन्तर्गत जिल्लाका १२ वटै स्थानिय तहमा कार्यरत तथा घरेलु र अन्य कार्यालयमा कार्यरत उधम विकास सहजकर्ताहरुको आफ्नो हक हित र अधिकारका बारेमा छलफल भएको हो । भेलामा मेड्पा कार्यक्रमको निर्देशिका अनुसार कार्यक्रमको प्रगती, समस्या र कार्यक्रम कसरी प्रभावकारी वनाउने भन्ने विषयमा छलफल भएको उधम विकास सहजकर्ता संघ बझाङका अध्यक्ष नरेश जेठाराले बताउनुभयो ।  

भेलामा उधम विकाससहजकर्ताको काम र कार्यक्रमको प्रभावकारी मोडेल र उधम विकास सहजकर्ताको कर्तव्य अधिकारका बारेमा घरेलु तथा साना उधोग कार्यालयका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले जानकारी दिनु भएको थियो । उक्त भेलामा संघका सचिव प्रदिप खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो भने, कार्यक्रममा जिल्ला भरिका उधम विकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाले संघको कार्य समितीमा रहेका संघका जिल्ला उपाध्यक्ष दशरथ जप्रेल र कोषअध्यक्ष गौरिका चन्दले आफ्नो समय नभएको भन्दै राजिनामा दिए पछी उपाध्यक्षमा सुरेस सिंह धामी र कोषाध्यक्षमा विन्दु चन्दलाई चयन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै