नेभिगेशन
राजनिति

सोमबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिइने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका लागि देउवा र प्रचण्डबीच भेट भएको हो।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड देउवालाई भेट्न पुगेका थिए। कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा प्रमुख सत्ता साझेदार दुई दलबीच हालसम्म सहमति भइसकेको छैन।

‘मन्त्रिपरिषदमा पावर सेयरिङका विषयमा छलफल भएको छ,’ स्रोतले भन्यो। प्रचण्ड कुन मन्त्रालय कसलाई दिने भनी पार्टीमा आन्तरिक परामर्शमा छन्।

तर, आइतबारसम्ममा छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद विस्तार गर्ने योजना रहेको स्रोतले बतायो।

‘ढिलोमा सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने योजना छ,’ देउवानिकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘आइतबार मन्त्रीहरूको नामावली टुंग्याउनेबारे कुराकानी भएको छ।’

प्रचण्डलाई पार्टीभित्र कसलाई कुन मन्त्रालय दिनेबारे दबाब छ। देउवालाई भने कसलाई कुन मन्त्रालयको जिम्मा दिनेबारे ‘सकस’ छैन।


देउवा सरकारमा अहिले चार मन्त्री र एक राजमन्त्री नियुक्त भएका थिए। माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भएकी थिइन्।

कांग्रेसबाट गृहमा बालकृष्ण खाँड, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ मन्त्री भएका थिए।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै