नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा

बझाङ : नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएको बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागि छलफल भइरहेको नेकपा एमालेका बझाङ जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।

उनले भने, “पार्टी एकताका लागी भईरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । कोडिनेसन तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्ला भित्र तथा जिल्ला बाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै छलफल भैरहेको छ ।” जिल्लाका शिर्ष नेताहरुले केहीदिन भित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश दिने उनको भनाई छ ।

पूर्व वनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझाव अनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको बताए ।

उनले भने, “ एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलको सुझाव अनुसार अगाडी बढन सहमत भएपछि हामीहरु एकताको पक्षमा उभिएका हौ । जिल्लामा पार्टी एकताका लागि छलफल भैरहेको छ । सम्भव भए सम्म हामी चाडै ने निष्कर्षमा पुग्ने छौ । जिल्ला स्थित अन्य नेता तथा कार्यकर्ताहरु संग पनि छलफल भईरहेकाले बझाङ जिल्ला बाट चाँडै एमाले एकताको सन्देश दिनेछ ।'

बझाङमा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु लागि परेका छन् । हालसम्म जिल्लाको एकताको पक्षमा सबै नेताहरु सकारात्मक भएको र एकताको छलफल करिब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज आशा कुमारी विकले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै