नेभिगेशन
राजनिति

राजेन्द्र महतोले भारतीय राजदूत क्वात्रासँग गरे दुई घण्टा छलफल

काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता भारतीय राजदूतलाई भेट्न लैनचौरस्थित भारतीय राजदूतावास पुगेका छन्। उनी भेटको लागि शनिबार राजदूतावास गएको स्रोतले जानकारी दिएको छ।

नेता महतो र भारतीय राजदूत विनयमोहन क्वात्राबीच करिब दुई घण्टा भेटवार्ता भएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति मात्रै दोस्रोपटक प्रतिनिधि विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेकी छन्। यसका लागि दक्षिणी मुलुक भारतको पनि साथ समर्थन रहेको विश्लेषण भइरहेका बेला ओलीका सहयोगी बनेका महतो भारतीय दूतावास पुगेका हुन्।

ओली सरकारमा महतोले जसपाको एक पक्षको प्रतिनिधित्व गर्ने तयारी गरिरहेको पार्टीकै नेताहरुको दाबी छ। तर, त्यो निश्चित भने भइसकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै