नेभिगेशन
खेल

पीएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमीफाइनलमा

डिफेन्डिङ च्याम्पियन बायर्न बाहिरियो

काठमाडौँ : फेन्च क्लब पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको दोस्रो लेगमा बायर्न म्युनिकले जित हात पारेपनि अवे गोलका आधारमा समग्रमा ३-३ गोलसहित पीएसजी सेमीफाइनल पुगेको हो ।

यसअघि पहिलो लेगमा पीएसजीले बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको थियो । आफ्नो मैदानमा तीन गोल खाएको बायर्नले पीएसजीको मैदानमा एक गोल मात्रै गर्न सक्यो । त्यही अवे गोलका आधारमा पीएसजी सेमीफाइनल पुग्यो भने बायर्न म्युनिक प्रतियोगिताबाट बाहिरियो ।

गएको सिजन बायर्नले फाइनलमा पीएसजीलाई हराउँदै उपाधि उचालेको थियो । यस वर्ष भने पीएसजी बलिया टिम बार्सिलोना र बायर्नलाई हराउँदै उपाधितर्फ अघि बढेको छ । 

यस्तै चेल्सी सात वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा पुगेको छ । गएराती पोर्टोलाई समग्रमा २-१ गोलले हराउँदै चेल्सी सेमीफाइनल पुगेको हो । दोस्रो लेगमा पोर्टो विजयी भएपनि पहिलो लेगमा दुई गोल गरेको चेल्सी अन्तिम चारमा पुगेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।