नेभिगेशन
राजनिति

कांग्रेसले छिट्टै निर्वाचन चाहेको रहेछ : सुवास नेम्वाङ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको भेटमा नेम्वाङ पनि सहभागी थिए ।

उक्त भेटपछि उनले कांग्रेसको मनोदशा विश्लेषण गर्दा छिट्टै निर्वाचन होस् भन्ने रहेको बताए । “नेपाली कांग्रेस कन्फ्युजड छ । उसका विषयमा विभिन्न प्रश्न उठ्ने पनि गर्छन् । उहाँहरुलाई सरकारको रहर पनि छ । सरकारमा जानेभन्दा पनि आफैँ प्रधानमन्त्री हुनुपर्‍यो । प्रधानमन्त्री कसरी बन्ने भन्ने पनि होला,” उनले बाह्रखरीसँग भने, “तर, उहाँहरुले अहिले नै निर्वाचन चाहेको जस्तो पाएँ ।”

संसद्मा विश्वासको मत लिन यही वैशाख २७ गतेको मिति तय गरेका प्रधानमन्त्री ओली बुधबार पार्टीका नेताहरु प्रधानमन्त्री कार्यालय हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङलाई लिएर बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै