नेभिगेशन
समाचार

लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा वापतको रकम हस्तान्तरण गरेको छ। संस्थाको चैनपुर शाखाले थलारा गाउँपालिका–९ की मृतक सदस्य पञ्चमला देवी जोशीका छोरा भागिरथ जोशीलाई रु ६ लाख २५ हजार बराबरको चेक सोमबार हस्तान्तरण गरेको हो।

शाखा कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुमन रानाले हाल समाजमा लघुवित्त संस्थाबारे विभिन्न भ्रम र गलत प्रचार भइरहेको उल्लेख गर्दै यस्ता संस्थाहरूले स्थानीय समुदायमा वित्तीय पहुँच र सहुलियत पुर्‍याउँदै आएको बताए। उनले वित्तीय अनुशासन, कर्जा सदुपयोग, बचतको महत्त्व, प्रविधि मैत्री पारदर्शी कारोबार, कर्जा बीमाको आवश्यकता तथा आधुनिक बैंकिङ प्रणालीसम्बन्धी विविध जानकारीसमेत सहभागीलाई प्रदान गरे।

संस्थाका कर्मचारीहरू मृतकको घरसम्म गई चेक हस्तान्तरण गरेका थिए। सो अवसरमा थलारा गाउँपालिका–९ का वडासचिव ज्ञानबहादुर बिष्टले संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै भने, “वित्तीय संस्थाको पहुँच नहुँदा यहाँका धेरै व्यक्तिहरू आर्थिक रूपमा कमजोर अवस्थामा थिए। तर, लघुवित्त संस्थाको सहयोगले समुदाय आत्मनिर्भर बन्ने, वित्तीय कारोबार सिक्ने र जीवनस्तरमा उल्लेख्य सुधार आएको छ।” साथै, उनले सदस्यहरूलाई लिएको कर्जाको सही सदुपयोग गर्न उत्प्रेरित गरिरहेका संस्थाका प्रयासको प्रशंसा गरे।

लक्ष्मी लघुवित्तका कर्मचारी जितेन्द्र जैशीका अनुसार चैनपुर शाखामा आबद्ध ९ जना ऋणी सदस्यको निधन भइसकेको छ भने हालसम्म मृतक सदस्यका परिवारलाई कूल ५६ लाख ७५ हजार रुपैयाँ बीमा रकम भुक्तानी गरिसकिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै