नेभिगेशन
समाचार

युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

बझाङमा देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान, शाखा बझाङको आयोजनामा आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डब्बलराज पाध्याले अध्यक्षता गर्नुभएको थियो भने डडेल्धुरा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखाका संयोजक कमला जोशी, देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखा बझाङका संयोजक विकास धामी, डडेल्धुरा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखाका सिन्धु अवस्थी, कर्णाली प्रदेश दैलेख जिल्लाका कर्ण बहादुर शाही लगायत विभिन्न अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय तथा अतिथि कलाकारहरूले मौलिक देउडा गीत प्रस्तुत गर्दै नेपाली संस्कृतिको संरक्षण आवश्यकतामाथि प्रकाश पारेका थिए। स्थानीय संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्न देउडा गीत–संगीतको महत्त्व झन् बढ्दै गएको कार्यक्रमका वक्ताहरूले उल्लेख गरेका थिए ।

यस अवसरमा विभिन्न वक्ताहरूले देउडा संस्कृतिको महत्व, यसको संरक्षणका उपायहरू तथा आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित बनाउने विषयमा आफ्ना धारणा राखेको प्रतिष्ठानका सचिव सुरेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले देउडा संस्कृतिप्रति स्थानीय युवापुस्तालाई आकर्षित गर्न मद्दत गर्ने विश्वास रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै