नेभिगेशन
समाचार

जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्षद्वारा बाल अधिकार प्रवर्द्धनमा प्रतिबद्धता

जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बालबालिकाको हकहित संरक्षण, बाल बिबाह न्युनिकरण, बालमैत्री संरचना निर्माण र नीति निर्माणका लागि प्रतिबद्धता जनाउनुभएको छ।

उहाँले जयपृथ्वी नगरपालिकाको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग तथा प्रगतिशील युवा समाजको प्राविधिक सहयोगमा जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज र ह्युम्यानिष्ट एफएम १०३.३ मेगाहर्ज बझाङले बुधबार रेकर्ड गरेको बहसमूलक रेडियो कार्यक्रम बाल कचहरीमा यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो। कार्यक्रम जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण माविको प्राङ्गणमा सम्पन्न भएको थियो।

वडाध्यक्ष सिंहले विगतका कमीकमजोरी स्वीकार्दै अब आगामी दिनमा बाल बिबाह न्युनिकरणका लागि वडाको पहलमा विभिन्न सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गरिने बताउनुभयो। साथै, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बाल भेला आयोजनामार्फत स्थानीय तह र वडाबाट बालबालिकाका क्षेत्रमा योजना तथा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, विद्यालय भवन, शौचालय तथा धारा निर्माण गर्दा अपांगमैत्री, बालमैत्री र किशोरीमैत्री बनाइने, स्वच्छ खानेपानीको व्यवस्थापनमा पहल गरिने तथा अभिभावकहरुलाई आफ्ना बालबालिकाको अध्ययन तथा क्षमता विकासका लागि घरबाटै अनुकूल वातावरण तयार गर्न प्रेरित गरिने उहाँले बताउनुभयो।

वडामा रहेका बाल क्लबहरूलाई बालबालिकाका आवश्यकता तथा समस्यालाई केन्द्रमा राखी योजना छनोटमा प्राथमिकता दिने व्यवस्था गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। उक्त कार्यक्रमले बालबालिकाका हक, अधिकार र सुरक्षाका विषयमा सरोकारवालाबीच गम्भीर छलफल गराएको आयोजक संस्थाहरूले जनाएका छन्। कार्यक्रम रेडियो कार्यक्रम बाल कचहरी  जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज र ह्युम्यानिष्ट एफएम १०३.३ मेगाहर्ज बझाङबा हरेक हप्ताको बिहीबार र आइतबार साँझ ६ बजेदेखि र पुन: प्रसारण शुक्रबार र सोमबार बिहान ८ बजेदेखि हुने गर्दछ । 

‘बाल कचहरी’ कार्यक्रम बालबालिकासँग सम्बन्धित विविध सामाजिक मुद्दाहरूमा गम्भीर छलफल तथा समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको बहसमूलक रेडियो कार्यक्रम हो। यस कार्यक्रमको प्रमुख उद्देश्य निम्न बमोजिम छन्:

  1. बाल अधिकारको प्रवर्द्धन – बालबालिकाका हक, हित, सुरक्षा तथा उनीहरूका मौलिक अधिकारबारे अभिभावक, स्थानीय सरकार र समुदायलाई सचेत बनाउने।

  2. बाल बिबाह न्युनिकरण – बाल बिबाह रोकथामका लागि जनचेतना अभिवृद्धि गर्दै नीति निर्माणमा स्थानीय तहको संलग्नता बढाउने।

  3. बालमैत्री संरचना निर्माण – विद्यालय, शौचालय, खानेपानी तथा सार्वजनिक स्थानहरूलाई अपांगमैत्री, बालमैत्री र किशोरीमैत्री बनाउन सरोकारवालाहरूलाई उत्प्रेरित गर्ने।

  4. नीति तथा बजेट सुनिश्चितता – स्थानीय सरकारलाई बालबालिकासम्बन्धी नीति निर्माण गर्न र वडास्तरमा बजेट विनियोजन गर्न प्रेरित गर्ने।

  5. सरोकारवालाहरूको समन्वय – स्थानीय सरकार, विद्यालय, बाल क्लब, अभिभावक तथा गैरसरकारी संस्थाबीच समन्वय कायम गरी बाल विकासका लागि ठोस कार्यक्रम लागू गर्न पहल गर्ने।

  6. बालबालिकाको सहभागिता सुनिश्चित गर्ने – बालबालिकालाई आफ्ना अधिकार र समस्याबारे खुला रूपमा बोल्ने अवसर प्रदान गर्दै उनीहरूकै आवाजमा नीति निर्माण प्रक्रियालाई प्रभावित गर्ने।

  7. समुदायमा सकारात्मक परिवर्तन ल्याउने – बालबालिकासम्बन्धी समस्याहरूको समाधानका लागि दीर्घकालीन योजनाहरू लागू गर्न स्थानीय तह र समुदायलाई प्रतिबद्ध गराउने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप समाचार
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ। संघीय सरकारको...
भर्खरै