नेभिगेशन
समाचार

बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ । चैनपुर बजार र चौड बजारलाई जोड्ने मुख्य पुलमा नहरको पानी खुला रूपमा बगिरहँदा यसको संरचनात्मक आयुमा गम्भीर असर पर्ने प्राविधिकहरूको भनाई छ । 

पक्की पुलको निर्माणमा प्रयोग गरिएका सामग्री निरन्तर पानीको सम्पर्कमा रहँदा कमजोर बन्ने जोखिम रहने र विशेषगरी, कंक्रिट र फलाम पानीको सम्पर्कमा आउँदा क्षय हुने, कंक्रिट भित्रको फलाम खिया लाग्ने र समयअगावै कमजोर हुने खतरा हुने इन्जिनियर रामबहादुर मल्लले बताउनुभयो । 

चैनपुर र चौड बजारका स्थानीयहरूले यो समस्या लामो समयदेखि प्रशासनको ध्यानाकर्षण गराउँदै आएको तर हालसम्म यसमा कुनै ठोस कदम नचालिएको स्थानीयहरुको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले यस समस्यालाई गम्भीर रूपमा लिँदै तत्काल प्राविधिक अनुगमन र उचित समाधानका लागि पहल थाल्नुपर्ने स्थानीयहरूको माग छ । पुल सुदृढीकरणका लागि आवश्यक कदम समयमै चाल्न नसके भविष्यमा ठूलो आर्थिक नोक्सानसहित जनधनको क्षति हुने सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप समाचार
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

संघीय सरकारबाट बझाङका पालिकालाई ३ अर्ब ९६ करोड अनुदान, सबैभन्दा बढी बुंगल नगरपालिकाले पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले बझाङ जिल्लाका सबै १२ स्थानीय तहलाई ३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरेको छ। संघीय सरकारको...
भर्खरै