नेभिगेशन
समाचार

छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित

जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ। पहिरोले ठूलो ढुंगासहित विद्युतको तीन मध्ये एक तार चुडाउँदा जिल्लाका अधिकांश स्थानहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको हो।

तार चुडिएर अन्य दुई तारमा छोएपछि एउटा लाइन हाल सञ्चालनमा रहेको छ भने अर्को लाइन पूर्ण रूपमा अवरुद्ध छ। यसका कारण बझाङका धेरै क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ।

प्राधिकरणका अनुसार विद्युत् आपूर्ति मर्मतका लागि प्राविधिक टोली खटाइएको छ। विद्युत सेवा पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने जनाइएको छ। यस क्षेत्रका स्थानीयवासीले विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा असुविधा भोगिरहेका छन्।

जयपृथ्वी राजमार्ग आसपास पहिरोको जोखिम बढिरहेका बेला यस्ता घटनाबाट हुने सम्भावित क्षतिलाई रोक्न तत्काल उचित कदम चाल्नुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै